Categories राजनीति

गठ्बंधन टोली चर्चामा

Advertisement

पर्सा। उम्मेदवारीमा गरिएको गठ्बन्धन पछि अब गठ्बंधन टोली घरदैलो गर्न पनि गठ्बंधन मै भ्याएका छन्। स्थानीय तह निर्वाचन २०७९ यहीं वैशाख ३० गते हुन गईरहेको छ। जसका लागि निर्वाचनमा भाग लिन विभिन्न दलहरुले गठ्बंधनलाई उत्तम विकल्प रोजेका छन्।गठबन्धनको सबै भन्दा बढी असर पर्साको वीरगंजमा देखिएको छ। एकातिर एमाले,लोसपा लगायतका दलहरुको गठबन्धन भएको छ भने अर्को तिर जसपा,कांग्रेस,माओवादी लगायत ५ दलीय गठबन्धन भएको छ।

मधेश प्रदेश कै एक मात्रै महानगरपालिका वीरगंजमा यति बेला मेयर र उपमेयरको विषय अत्यधिक चर्चामा छ। एकातिर वीरगंजका निवर्तमान मेयर विजय सरावगी फेरिपनि मेयर कै दावेदारी दिउनुभेको छ भने उनलाई कडा टक्कर दिएका हुन जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार राजेशमान सिंह। जसपा परित्याग गरि एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी र जसपाका राजेशमान सिंह संगै कांग्रेसबाट उपमेयरका दाबेदार इम्तियाज अलिको पनि नाम चलेको छ।

Advertisement

एकातिर मेयर,उप-मेयरको चर्चा चलिरहेकै बेला वीरगंजमा भएको कांग्रेस र जसपाबिचको गठबन्धनले जनसमर्थन पाउन थालेको छ। वीरगंज महानगरपालिकाको मेयरमा राजेशमान सिंह र उप-मेयरमा इम्तिताज आलम हुनुपर्छ भने धारणाका साथ जनसमर्थन जुट्न थालेको छ। ३२ वडा भएको वीरगंजमा लगभग सबै वडामा यो गठबन्धन टोली जित्नु पर्छ भने जन नारा गुञ्जिन थालेको छ। यसैबिच आज बिहान वीरगन्जको २६ नम्बर वडा सुगौलीमा गठबन्धनका साझा उम्मेदवारहरुले एकैसाथ घरदैलोमा देखिनु भएको छ। गठबन्धनका साझा उम्मेदवारको घरदैलो कार्यक्रम सफल र उत्साहपूर्ण रहेको जसपा पर्साका सचिव एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक तबरेज अहमदले जानकारी दिनुभएको हो।

Advertisement

गठबन्धनको जित संगै वीरगंजवासीहरुले देखेको समृद्ध नगरको सपना पूरा हुने विश्वास मेयर उम्मेदवार राजेशमान सिंहले व्यक्त गर्नु भएको छ। घरदैलो कार्यक्रममा बोल्दै उहाँले,”गठबन्धनलाई जिताए संगै वीरगंजवासीले देखेको समृद्ध नगरको सपना पूरा हुने हाम्रो विश्वास छ र सोही विश्वासलाई सार्थक बनाउन हामीलाई यहाँहरुको मतको आवश्यता छ । पदमा नरहे पनि मैले जनताको लागि निरन्तर खटेको कुरालाई कसैलेपनि नकार्न सक्दैन अब त्यसलाई निरन्तरता दिन मैले वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको छु र मेरो उम्मेदवारीलाई जितमा परिणत गर्न यहाँहरुले मलाई छाता छापमा मतदान गर्नुहुन्छ भन्ने मेरो विश्वास छ।”

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव,जिल्ला सचिव तबरेज अहमद,नेपाली कांग्रेसका नेता रामरूप कुर्मी, प्रकाश उपाध्याय, श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतका जिल्ला स्थितका शिर्ष नेताहरुको अगुवाईमा विभिन्न वडामा घरदैलो गर्दै गठबन्धनका उम्मेदवारहरु निरन्तर अघि बढिरहेको जसपा जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभएको छ। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *