Categories हाइलाइट-समाचार

५३ किलो गाँजा लोड रहेको पिकअप सहित २ जना पक्राउ

Advertisement

पर्सा ।  लागु औषध ५३ किलो गाँजा लोड रहेको पिकअप सहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

हिजो ( शनिबार ) अंदाजी २३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३० लालपर्सा लिटिल फलावर बोर्डिङ  स्कुल अगाडि प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको गस्ति टोलीले ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक लालपर्सा गाँउतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ का ४५ वर्षिय पूर्ण बहादुर मोक्तान ( चालक) र जिल्ला मकवानपुर गढी गा.पा.वडा नं.४ का २६ वर्षिय राज भुलन ( सह-चालक) रहेका छन।

Advertisement

ट्रकलाई रोकी जाँच गर्दा खाली ट्रकको पछाडिपट्टी दुई वटा बोरामा लागु औषध गाँजाको ६ पोका अंदाजी ५३ के.जी. फेला परेकोमा उल्लेखित लागु औषध गाँजा बरामद गरी ना. ३ ख ६३८४ नम्बरको मिनी ट्रक सहित चालक र सहचालकलाइ नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *