Categories राजनीति समाचार

लोसपा वडा समिति अध्यक्ष साह एमालेमा प्रवेश

पर्सा । वीरगन्ज महानगरमा नेकपा एमालेले दिनहु घरदैलो कार्यक्रमसंगसंगै पार्टी प्रवेश कार्यक्रमलाइ पनि निरन्तरता दिएको छ । एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले महानगरका वडाहरुमा बिहान र बेलुकी चुनावी घरदैलो र रात्रीसभा गर्दै आएका छन् ।

दिउसोको समयमा भने पार्टी प्रवेश कार्यक्रम गरेर अन्य दलका नेता कार्यकर्तालाइ दिनहु एमालेमा प्रवेश गराइ रहेका छन् ।
यसैक्रममा आइतवार दिउसो सरावगीकै पहल र सकृयतामा वीरगन्ज महानगर वडा नम्बर १७ का लोसपाका वडा समितिका अध्यक्ष छोटेलाल साहलाइ सरावगीले एमालेमा प्रवेश गराएका छन् ।

Advertisement

आइतवार दिउसो आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका वडा अध्यक्ष साहसंगै ६ जना नेता एमालेमा प्रवेश गरेको सरावगीका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिए । नवप्रवेशीहरुलाइ सरावगीले अबीरको टिका लगाएर पार्टीमा स्वागत गरे ।

Advertisement

एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार सरावगीले महानगरमा यसपाली एमालेको जनलहर बढेकाले दिनहु अन्य पार्टीका स्थापित नेता कार्यकर्ताहरु थुप्रै संख्यामा एमालेमा प्रवेश गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *