Categories समाचार

साझा उम्मेदवारलाई जिताउन नेकपा माओवादी केन्द्रको घरदैलो शुरु ।

Advertisement

वीरगञ्ज । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारलाई जिताउन नेकपा माओवादी केन्द्रले पनि घरदैलो थालेको छ ।

गठबन्धनको निर्णयअनुसार जनता समाजवादी पार्टी ‘जसपा’ को भागमा मेयर र उपमेयरमा नेपाली कांग्रेसको भागमा परेपछि गठबन्धनलाई जिताउन नेकपा माओवादी केन्द्रले पनि गतिविधि बढाएको हो ।

Advertisement

महानगरको मेयरमा जसपाका राजेशमान सिँह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमसँगै वडाहरुमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउन नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले आग्रह गरेका छन् ।

Advertisement

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुमा गएर नेता तथा कार्यकर्ताहरुसँग यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै छलफल गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *