Categories समाचार

मेयर पदका उमेदवार सिंह र उधाेग बाणिज्य संघ बिच अन्तरक्रिया, बढेको करबाट पिडित भएको आरोप

पर्सा । आज वीरगञ्ज उधाेग बाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा संघका पदाधिकारी र वीरगञ्जका अन्य व्यवसायीहरु र जसपा बाट वीरगञ्ज मेयर पदका उमेदवार राजेशमान सिंह बिचको कुराकानीमा महानगरले बढाएको करबाट आफुहरु पिडित भएको व्यवसायीहरुले बताउनुभयो ।

संघका अध्यक्ष डा सुवोधकुमार गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा व्यवसायीहरुले आफ्नो दुखेसो पोखदै “महानगरले बढाएको करको कारण जनतासँग भए गरेका केही सम्पत्ति पनि कर तिरेरै सीधिने हाे कि भन्ने अवस्था आएकाे बताउनुभयो । “

Advertisement

महानगरले ४ सय प्रतिशतसम्म बढाएको करलाई न्युनिकरण गर्नुपर्ने सुझाव व्यवसायीहरुले दिनुभयो । उहाँहरुको सुझावलाई सिंहले मनन गरेको र महानगरपालिकामा आफ्नो नेतृत्व आएपछि सर्वप्रथम हामीले सम्पूर्ण करहरुलाई पुर्नावालोकन गर्ने बताउनु भयो ।

Advertisement

कार्यक्रममा संघका पूर्व अध्यक्ष अशाेक टेमानी, गणेश लाठ, प्रदीप केडिया, पदाधिकारी माधव राजपाल, अनिल पटवारी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *