Categories हाइलाइट-समाचार

पर्साको औराहामा राति दुई राउण्ड गोली चल्यो, अनुसन्धान हुदै

Advertisement

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा हिजो राति करिब साढे ९ बजेतिर गोली चलेको हो ।

स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने नखुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Advertisement

घटनास्थलमा गोलीजस्तै फलामको टुक्रा भेटिएको छ । चामलको बोरामा प्वाल परेको रहेछ । राजनैतिक हैसियत भएको मान्छे पनि हैन सामान्य परिवार छ,’ डीएसपी खनालले भने, ‘अनुसन्धान भइरहेको छ ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *