Categories राजनीति समाचार

ज्वाँई–जेठान चुनावी दंगलमा

Advertisement

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन।

यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ। वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल)। गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाँई हुन्।

Advertisement

निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप, घोचपेच र बोलचाल नै पनि बन्द हुने गर्छ। कतिपय ठाउँमा झगडा नै पनि पर्छ। यहाँ त झन् प्रमुख प्रतिस्पर्धी दलबाटै ज्वाँई र जेठान चुनावी मैदानमा छन्। तरपनि उनीहरुबीच सम्बन्धमा कुनै कटुता आएको छैन। दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत लडाईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ। त्यसैले व्यक्तिगत गालीगलौचमा उत्रदैनौं।’

Advertisement

अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए। त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो।

उक्त जित हारले पनि दुवैको पारिवारिक सम्बन्धमा दरार आएन। जेठान हरि भन्छन्,‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो। मैले ५ वर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो। गालीगलौज गर्नुपर्दैन, र त्यो खालको राजनीति गर्नुपनि हुन्न। त्यसैले हामीमा कुनै समस्या छैन।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *