Categories राजनीति समाचार

जसपाद्वारा वीरगञ्ज महानगर वडा न. २३ प्रसाैनी सबैठवामा घरदैलो कार्यक्रम

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल ले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को प्रसाैनी सबैठवा गाउँमा आज घरदैलो कार्यक्रम गरेको छ ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जमुना प्रसाद यादवको नेतृत्वमा गरिएको घरदैलोमा सङ्घीय सांसद् प्रदीप यादव, प्रदेश सांसद् एवं पूर्वमन्त्री करिमा बेगम, प्रदेश सांसद् जनत अन्सारी, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, लगायत सयौँ नेता, युवा, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

Advertisement

जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिका मेयर उमेदवार राजेशमान सिंहले घरदैलो कार्यक्रमका कर्ममा स्थानीयहरुसँग भेटघाट गर्दा उहाँहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा छाता छापमा मात्र मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनु भयो । जसपाको नेतृत्वमा वीरगञ्जले विकास गर्न सक्ने र यहाँको समृद्धि हुनसक्ने बताउँदै स्थानीयहरुले हाम्रो उम्मेदवारहरुलाई अत्याधिक बहुमतका साथ जिताएर पठाउने समेत नेता सिंहले बताउनुभयो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *