Categories हाइलाइट-समाचार

आफ्नै आमा बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

Advertisement

ताप्लेजुङ। आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । 

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *