Categories अर्थ समाचार

सुनको मूल्य ६ सयले घट्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्यमा गिरावाट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार तोलमा ६ सय रुपैयाँले घटेको छ ।

बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Advertisement

आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । बिहिबार ९८ हजार ६ सय रुपैयाँमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *