वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध ८७३ एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ।
आज (शुक्रबार ) बिहान ०८;३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हाँतमा मोबिलको डिब्बा बोकी शंकास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा वडा नं.१० बस्ने वर्ष २२ का असरफ अलीलाई पक्राउ गरेको हो ।
रोकी जाँच गर्दा उक्त मोबिलको डिब्बामा लागु औषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






