वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा पनि लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी घरदैलो र भेटघाट कार्यक्रमलाइ तिब्रता दिएको छ ।
वडा नम्बर २४ मा लोसपाबाट वडा अध्यक्षका उम्मेदवार शिव शंकर द्धिवेदीले शनिबार पनि नेता कार्यकर्ताहरुको साथमा मतदाताको घरमा पुगेर घरदैलो कार्यक्रम गरेका हुन् । त्यसक्रममा वडा अध्यक्षका उम्मेदवार द्धिवेदीले आफुलाइ मत दिएर जिताउन आग्रह समेत गरे ।
विगतका दिनहरुमा आफुले वडा नम्बर २४ का जनताको हरेक सुखदुखमा साथ दिएको र वडा विकासका लागि राजनीति दल तथा विभिन्न सघं संस्था संग समन्वय गरि विकास निर्माणमा आफु निरन्तर खटेको स्मरण गराउदै उनले आफु निर्वाचित भएको खण्डमा वडाको विकास र समृद्धि आफनो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता जनाए ।
द्धिवेदीले आफु निर्वाचित भए वडा कार्याल्यमा लाग्ने दस्तुर निशुल्क गर्ने, वडामा निशुल्क वाइ फाइ जडान गरिने , जन्मदर्ता विवाहदर्ता घरमै गएर गर्ने जस्ता प्रतिबद्धता आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन ।
आसन्न स्थानीय निर्वाचनमा आफ्नो नेतृत्वमा वडा न. २४ मा राम्रो मत ल्याउने अध्यक्ष उमेदवार द्धिवेदीको विश्वास रहेको छ ।
आजको घरदैलो कार्यक्रममा प्रदेश सांसद रमेश प्रसाद कुर्मी, केन्द्रीय सदस्य शसीकपुर मिया तथा स्थानीय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।







