वीरगन्ज । पहिलो पाइला नेपाल वीरगन्ज शाखा द्वारा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“रक्तदान गरौ जीवन दान गरौ” मुल नारा सहित घण्टाघर नजिकै गरिएको रक्तदान कार्यक्रममा तिन महिला सहित छत्तीस जनाले रक्तदान गरेका छन ।
हाल तराइमा बढदै गएको गर्मीका कारण रक्तदान कार्यक्रम आयोजनामा कमी भएको र मागँ भने भइरहेकोले रक्तसञ्चार केन्द्रमा विभिन्न रक्त समुहको रक्त नपाएर सर्वसाधारणलाई समस्या भइरहेकोले आफुहरु कार्यक्रम गरेको संस्थाका पर्सा अध्यक्ष निश्चल प्रजापति ले जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा कार्यसमिति सदस्य तथा वरिष्ठ व्यवसायी नवनित अग्रवालले रक्तदाताहरुलाइ रक्त जम्मा हुने थैलो हस्तान्तरण गरेर उद्धघाटन गरेका थिए ।
रक्तसञ्चार केन्द्रका जितेन्द्र कुश्वाहाको समुहको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तव, रातोपानाका प्रधान सम्पादक , राहुल पटेल लगायत समुहको सदस्यहरुको सहभागीता रहेको थियो ।







