Categories राजनीति समाचार

वीरगन्जमा बलियो हुदैं जसपा, वडा देखी नगरसम्म धमाधम नेता कार्यकर्ता प्रवेश गर्दै

पर्सा। जसपाको अगुवा कार्यकर्ता भेला संगै जसपा प्रवेश गर्नेको लहर  चलेको  देखिन्छ । स्थानीय तह निर्वाचन नजिकिदै जादा पर्सामा जनता समाजवादी पार्टी नेपालले घरदैलो कार्यक्रम तथा अगुवा कार्यकर्ता भेलालाई तिब्र जोड दिएको छ। जसपाबाट वीरगंज महानगरको मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई विजयी गराउन  विभिन्न  निति निर्माणमा  तिब्रता दिएको  बुझिएको छ ।


विगतको  दिनमा  जसपाले  गरेको  काम देखेर  र  अन्य  पार्टीहरुको  आफ्ना  कार्यकर्ता  प्रति उदासीन  व्यवहार  देखेर जसपा  प्रवेश  गर्ने  लहर  चलेको  बुझिन्छ ।

Advertisement

२०७४ सालको स्थानीय निर्वाचन मा वीरगंज महानगरपालिका वार्ड १३ का वड़ा अध्यक्ष उम्मेदवार रहेका समाजसेवी अनिरुद्ध गिरी लगायत नेता कार्यकर्ताहरु आज जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका छन। नव  प्रबेशीहरू लाई  संघिय सांसद प्रदिप यादव र तुफान  अंसारीले फ़ुल माला लगाई पार्टी प्रबेश गराएको यादवका सवकिय सचिव  निखिल  वर्णवालले  बताउनु भयो ।

Advertisement


पछिल्लो  केही  दिनमा  विभिन्न पार्टी परित्याग गरि  नेता कार्यकर्ताहरुले  जसपा प्रवेश गरेको देखेर  वीरगन्ज मा  जसपा  झन झन बलियो  हुदै  गइरहेको  आकलन  भइरहेको  छ ।  पार्टी  प्रतिको जनमानसको भावनालाई  मर्न  नदिने  एक मात्र  पार्टी  रहेको  जसपा  नेताहरू  बताउनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *