Categories राजनीति समाचार

आफ्नै नगरमा लखेटिए निवर्तमान मेयर नितेन्द्र साह ।

Advertisement

वीरगन्ज । शुक्रबार राति साढे ११ बजेको समयमा बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसयाडीका बासिन्दाले निवर्तमान मेयर नितेन्द्र साह र वडाध्यक्ष जितेन्द्र पटेललाई गाउँबाट लखेटेका छन् । नितेन्द्र यसपाली पनि कांग्रेसबाट बहुदरमाई नगरपालिकाको मेयरमा चुनाव लडिरहेका छन् । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित पटेल यसपालीको निर्वाचनमा कांग्रेसबाट बहुदरमाई–२ को वडाध्यक्षका उम्मेदवार हुन् । मतदाता प्रभावित गर्न रातको समयमा पैसा लिएर गाउँ छिरेको थाहा पाएपछि स्थानीयले वडाध्यक्ष जितेन्द्र पटेललाई नियन्त्रणमा लिएका थिए ।

केही समयपछि मेयर नितेन्द्र साह भारतीय जनता पार्टीका मीडिया प्रभारीको बीआर ०५ पीए ६९२७ नम्बरको भारतीय गाडी चढेर सिसयाडी पुगेका थिए । मेयर चढेको गाडीलाई समेत घेरा हालेर सिसयाडीवासीले नाराबाजी गरेका थिए । वडाध्यक्ष जितेन्द्र पटेललाई मेयर साहले आफ्नो गाडीमा राखेर त्यहाँबाट निस्कन खोज्दा स्थानीयले गाडीको सिसा समेत फुटाएका थिए । मध्य रातको समयमा पैसा बोकेर गाउँ पसेका मेयर र वडाध्यक्षका उम्मेदवारलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएको सूचना आएपछि सुरक्षाकर्मीको टोली सिसयाडी पुगेको थियो ।  स्थानीयले बारम्बार मेयरको गाडीको खनतलाशी गर्न त्यहाँ उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आग्रह गरेका थिए ।

Advertisement

तर, सुरक्षाकर्मीले मेयरको गाडी स्कर्टीङ गरि त्यहाँबाट निकालेका थिए । प्रहरीले खनतलाशी नगरेपछि स्थानीयले सुरक्षाकर्मी विरुद्ध पनि नाराबाजी गरेका थिए । ‘मेयरले पालेका युवाहरुले पछिल्लो समय बहुदरमाई नगरपालिकाका विभिन्न वडामा पुगी रातको समयमा पैसाको प्रलोभन देखाएर मतदातालाई प्रभावित पार्ने पयास गरेका छन्,’ स्थानीय रामाशीष राम भन्छन्, ‘जनताले नियन्त्रणमा लिएर पुलिसलाई खनतलासी गर्न आग्रह गर्दा पनि प्रहरीले चासो लिएको छैन् । सिसयाडीमा मेयर र वडाध्यक्षले पैसा लिएर आएका थिए ।’ शुक्रबार राति सिसयाडीबाट लखेटिएका मेयर नितेन्द्र यसअघि रामनगरी, फुलकौल, पटनी बलीरामपुरबाट जनताको प्रश्नको जवाफ दिन नसक्दा गाडी चढेर फर्केका थिए । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *