Categories हाइलाइट-समाचार

अत्याधुनिक हतियारसहित दुई भारतीय पक्राउ

Advertisement

बारा । बाराको सिम्रौनगढबाट अत्याधुनिक हतियारसहित दुई भारतीय पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका- ९ बसवरीयादेखि कचोर्वा जाने सडकबाट शनिबार बिहान १० बजे सशस्त्र प्रहरीले अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जीन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।

Advertisement

सिमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट चाइनिज पेस्तोल १ थान , त्यसमा लाग्ने २ राउण्ड गोली , १ थान म्याग्जनी २ थान , कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

पेस्तोल र गोलीसहित पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *