Categories समाचार

महिला उम्मेदवार माथि खुकुरी प्रहार

Advertisement

भोजपुर । भोजपुरमा एक महिला उम्मेदवार माथि खुकुरी प्रहार भएको छ ।

भोजपुरीको षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङमा वडा सदस्य पदकी उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार भएको हो ।

Advertisement

शनिबारराति १० बजे अपरिचित व्यक्तिले तमाङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाइएको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।

Advertisement

खुकुरी प्रहार गर्ने व्यक्ति पहिचान गरि खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *