Categories समाचार

‘प्रचण्डलाई जुत्ता हान्छु’ भन्ने पत्रकार पक्राउ

Advertisement

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सञ्जालमा स्टाटस लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगर–३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

Advertisement

अध्यक्ष प्रचण्डले केही दिनअघि चितवनको भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा ‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ’ भन्ने अभिव्यत्तिलाई लिएर बुढाले स्टाटस लेखेका थिए ।

Advertisement

पत्रकार बुढाले ‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि बुढालाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अध्यक्ष प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न आइतबार दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम रहेको छ । news24nepal .tv

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *