Categories समाचार

जसपा र कांग्रेसका कार्यकर्ता बिच कुटाकुट

Advertisement

वीरगन्ज । बाराको सुवर्ण गाउँपालिकामा जसपाका एक कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेर गम्भीर घाईते बनाएकाे छ । सुवर्ण गाउँपालिका वडा नम्बर २ का नेपाली कांग्रेसका कार्यकर्ताहरुले वडा नम्बर ३ का स्थानीय जसपाका कार्यकर्ता सौरभ कुमार यादवलाई कुटपिट गरेर गम्भीर घाईते बनाएकाे छ ।

जसपाका सौरभ यादव लगायत भोट माग्न जाँदा कांग्रेसका ब्रह्मा यादव, शेषनाथ यादव, पप्पु यादव, राजेश्वर यादव लगायतले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट सौरभ यादव गम्भीर घाईते भएका छन् । सौरभलाई गएराति मरणासन्न हुनेगरी कुटपिट गरेर फालेको अवस्थामा स्थानीयले देखेपछि उद्दार गरेर उपचारको लागि नेशनल मेडिकल कलेज पठाएका थिए ।

Advertisement

उनकाे अहिले वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ । घटनाको विषयमा बारा प्रहरी भने बेखबर छ । सुवर्ण गाउँपालिकामा रहेको कवही प्रहरी चौकीका प्रहरीलाई घटनाको विषयमा जानकारी नरहेकाे पीडितका आफन्तले आरोप लगाएका छन् ।

Advertisement

नेशनल मेडिकल कलेजबाट प्रहरीलाई जानकारी दिएपछि बल्ल सोधीखोजी गरिरहेको जनाइएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवत्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले पनि सुवर्ण गाउँपालिकाको घटनाको विषयमा जानकारी नआएको बताए ।

उहाँले देवताल गाउँपालिका वडा नम्बर २ मा हिजो दिउँसो १ बजे स्थानीय अनिल यादवलाई रोशन यादवले कुटपिट गरेको घटना मात्रै प्रहरीको जानकारी रहेको बताउनुभयो । रोशनले कुटपिट गरेका अनिलको टाउको चोट लागेको उहाँले बताउनुभयो । अनिलको नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *