Categories समाचार

वीरगञ्ज-२५ को विकास आशुतोष चतुर्वेदीको नेतृत्वमा मात्र सम्भव छ : राजेशमान सिंह

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।

वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जसपा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्वेदीको नेतृत्वमा आज आयोजना गरिएको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको हो ।

Advertisement

कार्यक्रममा पाँच दलीय गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायत जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Advertisement

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका साझा उम्मेदवार राजेशमान सिंहले वडा नम्बर २५ र समग्रमा वीरगञ्जको विकासको एजेण्डा बोकेर अगाडि बढेको जसपाको जित निश्चित रहेको बताए ।

साढे ४ वर्षसम्म वीरगञ्जमा हुन नसकेको विकास र जनप्रतिनिधिहरुले देखाएको रवैयालाई मूल्यांकन गर्दै जनताले यस पटक साझा गठबन्धन र जसपाका उम्मेदवारलाई जिताउने सिंहले विश्वास व्यक्त गरे ।

जनताको सेवक बनेर निर्वाचित भएर गएका जनप्रतिनिधिहरुको कुर्सिमा पुगेर राजा बनेको आरोप लगाउँदै वडा अध्यक्ष उम्मेदवार आशुतोष चतुर्वेदीले सिर्सिया गाउँको विकास र समृद्धि जसपाको नेतृत्वमा मात्र सम्भव भएको बताए । चतुर्वेदीले पनि गठबन्धनका साझा मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई छाता र उमपेयर पदका उम्मेदवार इम्तियाज आलमलाई रुख छापमा मतदान गर्न र वडामा आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारलाई छाता छापमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायत सयौं स्थानीयहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *