Categories राजनीति

२७ वर्ष सरकार चलाउँदा पनि कांग्रेसले केही गरेन : ओली

Advertisement

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लामो समय सरकारमा रहँदा पनि कांग्रेसले देश र जनताका लागि केही गर्न नसकेको आरोप लगाएका छन् ।आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको आरोप छ ।

‘२० वर्ष एकल सरकार चलायो । सात वर्ष संयुक्त सरकार चलाउँदा पनि केही गर्न सकेन,’ ओलीले भने । कांग्रेस कमजोर तत्वहरूलाई लिएर देशलाई उल्टो बाटोमा हिँडाएको उनको आरोप छ ।

Advertisement

‘सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने ।

Advertisement

नेपाली कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले राष्ट्रियतामा कुठाराघात भएको छ । विगतमा राणा, राजा र कांग्रेसको सरकारले जनताको लागि कुनै योजना अघि नबढाएको उनको आरोप छ ।

स्वर्ग जस्तो देशलाई विकास गर्नुभन्दा कांग्रेसले संसारकै गरिब देश बनाएको उनको आरोप छ । कांग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको उनको आरोप छ । कांग्रेसको आन्तरिक घेराबन्दीसँगै नाकाबन्दीको पनि सामना गरेर एमाले सरकार अघि बढेको उनले दाबी गरे । कांग्रेसले जनादेशमाथि कुठाराघात गरेको समेत उनले आरोप लगाए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *