Categories समाचार

चोरीका ल्यापटप, क्यामेरा तथा मोवाइल सहित २ जना पक्राउ

Advertisement

काठमाडौं ।  काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार र तारकेश्वर नगरपालिका-४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

Advertisement

काठमाडौं जिल्लास्थित बिभिन्न स्थानबाट बिभिन्न बिद्युतीय सामग्रीहरु चोरी हुने क्रम बढेको जनगुनासो प्राप्‍त भएपश्‍चात प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको १ थान ल्यापटप, २ थान क्यामेरा र विभिन्न कम्पनीका २६ थान मोबाइल सहित पक्राउ गरेको हो । 

Advertisement

जिल्ला अदालत काठमाडौंबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *