Categories राजनीति

माओवादीको समर्थन वडा नम्बर १० मा जसपालाइ

Advertisement

वीरगन्ज,२७ बैशाख
वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रले जसपाका उम्मेदवारलाइ समर्थन गरेको छ ।

मगंलबार दुवै पार्टीले जारी गरेको संयुूक्त प्रेस विज्ञप्तिमा वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रले जसपाका उम्मेदवारलाइ समर्थन गरेको उल्लेख छ । वडा नम्बर १० मा जसपाका तर्फबाट वडा अध्यक्षमा सुशील साह कानु उम्मेदवार छन् । माओवादी केन्द्रले पनि वडा अध्यक्षमा पवन गुप्तालाइ उम्मेदवार बनाएको थियो ।

Advertisement

जसपाका वडा इकाइ समितिका अध्यक्ष जोगेन्द्र साह कानु र माओवादी केन्द्रका क्षेत्र नम्बर २ ख का इन्चार्ज प्रभाकर गुप्ताले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा – प्राप्त उपलब्धी रक्षाका लागि प्रतिगमन शत्तिः विरुद्ध अग्रगमन शक्तिहरु बिचमा वृहत लोकतान्त्रिक गठबन्धन बनेकाले स्थानीय तहको निर्वाचनमा वीरगन्ज १० मा जसपाका उम्मेदवारलाइ माओवादी केन्द्रको वडा इकाइ समितिले समर्थन गर्ने दुइ पार्टी बिच सहमति भएको उल्लेख गरिएको छ ।

Advertisement

मङगलबार वीरगन्ज १० स्थित जसपाको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार बनेका पवन गुप्ताले आफनो समर्थन रहेको भन्दै जसपाका वडाअध्यक्षका उम्मेदवार सुशील साह कानुलाइ माला लगाइ दिएका थिए ।

त्यस अवसरमा जसपाका नेता एंव पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव , जसपा इकाइ अध्यक्ष जोगिन्द्र सााह , माओवादी केन्द्रका क्षेत्र नम्बर २ ख का इन्चार्ज प्रभाकर गुप्ता लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *