वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा वडा अध्यक्ष पदका उम्मेदवार बैजुलाल स्वर्णकार प्रति जनलहर बढ्दै गएको छ ।
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार स्वर्णकारलाई पुनः जिताउन स्थानीयहरुले आफै भोट माग्न थालेको बुझिएको छ ।
गत स्थानीय निर्वाचनमा स्वर्णकारले भारी ल्याइ वडा अध्यक्षमा निर्वाचित भएको र आसन स्थानीय निर्वाचनमा पनि स्वर्णकार को नेतृत्वमा जनता समाजवादी पार्टी नेपालले वडा न. ३ मा राम्रो मत ल्याउने नेता राजेशमान सिंहको विश्वास रहेको छ ।
महानगरको बोर्डमा अल्पमत रहे पनि स्वर्णकारले उदाहरणीय कार्य गरेर देखाउनु भएको नगरवासी बताउछन् । जनताको विश्वास जित्न सफल हुनुभएको र जनताले स्वर्णकार जस्तै जनप्रतिनिधी हुनुपर्ने बताए ।
नेता सिंहले भने “वीरगञ्ज महानगरका अन्य वडाहरूमा पनि कर्मठ र समाजका लागि खट्ने उम्मेद्वारहरुलाई अवसर दिएका छौँ । हाम्रा उम्मेद्वारहरू माटोसँग जोडिएका हुन्छन्, जनताको समस्यालाई बुझ्ने हुन्छन । जनताको सेवक बनेर काम गर्छन् र वडाको नेतृत्व गर्ने क्षमता राख्छन्।”







