Categories समाचार

टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु ।

Advertisement

काठमाडौं : राजधानीको कंलकी चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बा५ख ७३४५ नं को टिप्परले बा८०प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका-२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो।

उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता ललितपुर महानगरपालिका-२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ।

Advertisement

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रमा पाटन अस्तपालमा मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *