Categories समाचार

पैसा राखेर नमूना मतपत्र वितरण गरेको आरोपमा एक जना पक्राउ

Advertisement

सिरहा । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

मतदाताको घरमै  पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेकाे अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी  केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।

Advertisement

उनको साथबाट मतपत्र र  ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएकाे छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन्  । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय  गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *