Categories समाचार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।

Advertisement

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । 

Advertisement

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *