Categories समाचार

बैंक तथा वित्तीय संस्था पनि हप्ताको दुई दिन बिदा

Advertisement

काठमाडौँ।  बैंक तथा वित्तीय संस्थालाई पनि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने भएको छ। नेपाल सरकारले २०७९ जेष्ठ १ गतेदेखि साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

हप्तामा दुई दिन बिदा हुने भएको हुनाले सोमबारदेखि शुक्रबार कार्यालय समय  बिहान ९:३० बजे र अपराह्न ५:३० बजेसम्म र कार्तिक महिनादेखि बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म बैंक खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ।

Advertisement

यसका साथै, राष्ट्र बैंकले दशैँ र तिहारका सार्वजनिक बिदा बाहेक अन्य दिनमा लगातार दुई दिन भन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। यसका साथै राष्ट्र बैंकले अन्य व्यवस्था गरेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *