Categories समाचार

मोटरसाइकल चोरी अभियोगमा एक जना प्रहरी नियन्त्रणमा ।

पर्सा । मोटरसाइकल चोरी अभियोगमा मोटरसाइकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला बारा बिश्रामपुर गाउँपालिका वडा नं.५ बस्ने २९ वर्षिय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको कालो रातो रंगको सुपर स्प्लेण्डर मोटरसाईकल मिति २०७९।०१।१७ गते २०:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ माईस्थान अगाडि पार्किङ गरी राखिएको  अवस्थामा  चोरी भएको  थियो ।

Advertisement

मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित चेकिङ टोलीले उल्लेखित नम्बरको मोटरसाइकल सहित जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.११ बस्ने २० वर्षका आकाश गिरीलाई नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भैरहेको जनाइएको छ

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *