Categories समाचार स्वास्थ्य

बिन्दवासिनी गाउँपालिकाद्वारा निशुल्क रगत उपलब्ध हुने ।

वीरगन्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र बिन्दवासिनी गाउँपालिका बिच रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कंडेल र बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु शाह बिच सो सम्झौता-पत्र हस्ताक्षर भएको हो ।
बिन्दवासिनी गाउँपालिकाका बिपन्न एवं गरिब बिरामिहरुलाइ सहुलियत मिलोस भन्ने उदेश्यले सो सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।

Advertisement

प्रत्येक गाउँ, नगरपालिका, महानगरबाट समेत यस प्रकारको सम्झौता गरि हरेक बिरामिलाइ निशुल्क रुपमा रगत सजिलै उपलब्ध गराउनमा हामिले समन्वय गर्दै आएका छौ साथै बिन्दवासिनी गाउँपालिलाई नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बिरेन्द्र राज कंडेलले हस्तान्तरण गर्दा धन्यवाद दिनु भएको थियो भने कोषाध्यक्ष महन्थ प्रसाद यादवले शुभकामना ब्यक्त गरेको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *