Categories समाचार

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने ।

Advertisement

काठमाडौं । निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय गरेको छ । शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्रसहित नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको हो । 

यो कागजात अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाई सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *