Categories समाचार

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

काठमाडौं । स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ७.२८ प्रतिशतले रहेको उल्लेख छ, जुन अघिल्लो महिनाको भन्दा पनि बढी हो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा ७.१४ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।

Advertisement

विभिन्न कारणले अहिले नै बढिरहेको मुद्रास्फीतिलाई चुनावले थप प्रभावित बनाउने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन्। “चुनाव र चुनावी खर्चले मानिसहरूको वस्तु तथा सेवाको माग बढाउँछ । त्यसले मूल्यमा थप चाप पर्ने देखिन्छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा दुई अङ्कको आर्थिक वृद्धि हुने अनुमान गर्न सकिन्छ,” उनले भने ।

Advertisement

यसले गरिब तथा विपन्न नागरिकहरूमा ठूलो समस्या सिर्जना गर्ने उनको तर्क छ। साथै चुनावमा भएको खर्चले आयात बढाउँदा भुक्तानी सन्तुलनमा समेत चाप पर्ने खनाल बताउँछन् ।

आजको कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *