Categories समाचार

चितवन : यसपटक मतपत्र च्यात्न दिइने छैन ।

Advertisement

भरतपुर । चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।

‘मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामरासहित जाली लगाइएको छ’ उनले भने, ‘यसपटक मतपत्र च्यात्न दिइने छैन ।’

Advertisement

भरतपुर महानगरमा चितवन उद्योग संघ प्रदर्शनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा नगरपालिकाको दोस्रो तला, खैरहनीमा खैरहनी मावि, कालिकामा नगरपालिका भवननजिकैको आमा सञ्जालको भवन, राप्तीमा भण्डारा मावि, इच्छाकामनामा गाउँपालिकाको भवनमा गणना स्थल तोकिएको छ।

Advertisement

आजको नागरिक दैनिकमा समाचार छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *