वीरगन्ज : बाराको देवताल गााउपालिका वडा नम्बर ७ मा स्थगीत भएको मतदान पुनः शुरु भएको छ ।
वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी बिच झडप भएपछि बिहान ८ बजे देखि मतदान स्थगीत भएको हो ।
झडपमा दुवै दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार , लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक बृद्ध मतदाताको मतपत्र लिएपछि त्यहि विषयलाइ लिएर काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समुहले विरोध गरेपछि विवाद भइ झडप भएको थियो ।
स्थगीत मतदान सुचारु गराउन जिल्लाका सुरक्षा निकायका प्रमुखहरु मतदान केन्द्रमा पुगेका बाराका सन्चारकर्मी जयनारायण यादवले जानकारी दिए ।







