Categories समाचार हाइलाइट-समाचार

वीरगन्ज महानगरको मतगणना गर्न सर्वदलीय बैठक बस्दै ।

Advertisement

पर्सा । वीरगन्ज महानगरपालिका को  मतगणना शुरु गर्न सर्वदलीय बैठक बस्दै छ । शुक्रबार साझ मतदान सकिएपनि विभिन्न वडाहरुबाट मतपेटिका ल्याउन समय लाग्ने भएपछि मतगणनाको लागि सर्वदलीय बैठक बस्न सकेको थिएन ।

सर्वदलीय बैठकपछि मतगणनाको कतिबेलादेखि टुंगो लाग्ने भन्नेबारे तय हुनेछ । हिजो अबेर राति सम्म मतपेटिका ल्याउने क्रम जारी रहेकोले  सर्वदलीय बैठक बस्न सकेको थिएन । आज विहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे बसेको र सर्वदलीय बैठकले गर्ने  निर्णय अनुसार मतगणना शुरु गरिनेछ । लगभग बिहान ११ बजे बाट मतगणना शुरु हुने अनुमान गरिएको छ।

Advertisement

कुल ९४३२४ मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेल ले बताएका छन् । वीरगन्ज महानगरपालिका को मेयर पदका लागि मुख्यतया नेकपा एमाले बाट उमेदवारी दिएका  निवर्तमान मेयर विजय कुमार सरावगी, जसपाबाट राजेशमान सिंह र राप्रपाका गिरिस गिरी बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *