Categories समाचार हाइलाइट-समाचार

वीरगन्ज महानगरको सर्वदलीय बैठक सकियो, के के भयो निर्णय ?

Advertisement

पर्सा । मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिका को  मतगणना शुरु गर्न  बसेको सर्वदलीय बैठक सकेको छ । शुक्रबार साझ मतदान सकिएपनि विभिन्न वडाहरुबाट मतपेटिका ल्याउन समय लाग्ने भएपछि मतगणनाको लागि सर्वदलीय बैठक बस्न सकेको थिएन ।

सर्वदलीय बैठकपछि मतगणना आज बिहान ११ बजेदेखि गर्ने  टुंगो लागेको छ । हिजो अबेर राति सम्म मतपेटिका ल्याउने क्रम जारी रहेकोले  सर्वदलीय बैठक बस्न सकेको थिएन । आज विहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे बसेको र सर्वदलीय बैठकले गर्ने  निर्णय अनुसार मतगणना शुरु हुने छ । लगभग बिहान ११ बजे बाट मतगणना शुरु हुने अनुमान पनि  गरिएको थियोे ।

Advertisement

कुल ९४३२४ मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेल ले बताएका छन् । वीरगन्ज महानगरपालिका को मेयर पदका लागि मुख्यतया नेकपा एमाले बाट उमेदवारी दिएका  निवर्तमान मेयर विजय कुमार सरावगी, जसपाबाट राजेशमान सिंह र राप्रपाका गिरिस गिरी बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

Advertisement

सर्वदलीय बैठकबाट भएको निर्णयहरु ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *