पर्सा । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिका को मतगणना स्थल तार जाली लगाइ व्यवस्था गरिएको छ ।
सर्वदलीय बैठकपछि मतगणना आज बिहान ११ बजेदेखि गर्ने टुंगो लागेको छ । हिजो अबेर राति सम्म मतपेटिका ल्याउने क्रम जारी रहेकोले सर्वदलीय बैठक बस्न सकेको थिएन । आज विहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे बसेको र सर्वदलीय बैठकले गर्ने निर्णय अनुसार मतगणना शुरु हुने छ । लगभग बिहान ११ बजे बाट मतगणना शुरु हुने अनुमान पनि गरिएको थियोे ।
कुल ९४३२४ मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेल ले बताएका छन् । वीरगन्ज महानगरपालिका को मेयर पदका लागि मुख्यतया नेकपा एमाले बाट उमेदवारी दिएका निवर्तमान मेयर विजय कुमार सरावगी, जसपाबाट राजेशमान सिंह र राप्रपाका गिरिस गिरी बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।







