वीरगन्ज । स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणना अहिले सम्म पनि शुरु हुन सकेको छैन ।
शनिबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मतगणना बिहान ११ बजेदेखि नै सुरु गर्ने निर्णय गरेपनि अहिले सम्म शुरु हुन सकेको छैन ।
मतगणनास्थलमा रहेका सन्चारकर्मीहरुका अनुसार , मतगणनामा बस्ने उम्मेदवाका प्रतिधिनीहरुको परिचय पत्र बनाउने काम अहिले भइरहेकाले ढिला भएको हो । मतगणना दिउसो १ बजे पछि मात्रै शुरु हुन सक्ने सम्भावना रहेको बताइएको छ ।







