Rato Pana
हाइलाइट-समाचार

वीरगन्जको मतगणनास्थलमा विवाद ,वडा नम्बर १ को मतगणना स्थगीत

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १ को मतगणना शुरु हुन नपाउदै रोकिएको छ ।

मतगणनास्थल नृहसिंह माविको कोठा नम्बर १०२ मा वडा नम्बर १ को मतगणना प्रकृया शुरु गरि मतपेटिका खोल्नै लाग्दा उम्मेदवारहरुका प्रतिनिधीहरु बिच विवाद भएपछि मतगणना रोकिएको हो ।

तारजालीको बार भित्र रहेका निर्वाचन कार्यालयका कर्मचारीले मतपेटिका खोल्नै लाग्दा , तारजाली बार बाहिर रहेका उम्मेदवारका प्रतिनिधीहरु बिच विवाद भइ हात हालाहाल समेत भएपछि मतगणना रोकिएको त्यहा रहेका हाम्रा सहकर्मी अमित अग्रवालले जानकारी दिए ।

उनका अनुसार , अहिले मतगणना रोकिएको र १०२ नम्बर कोठालाइ सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर बसेका छन् । महानगरको वडा नम्बर ३१ , ३२ र २ को भने मतगणना जारी रहेको अग्रवालले जानकारी दिए ।

शुक्रबार भएको मतदानमा वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment