Categories Uncategorized हाइलाइट-समाचार

वीरगन्ज महानगरको मत गणना बल्ल शुरु

वीरगन्ज । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मत गणना बल्ल शुरु भएको छ ।
सर्वपक्षीय बैठकले बिहान ११ बजे देखि नै गणना शुरु गर्ने निर्णय गरेपनि तयारी अपुग भएका कारण मतगणना दिउसो ३ बजे देखि मात्रै शुरु भएको हो ।

वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको मतगणना स्थलमा शुरु मतगणनामा अहिले वडा नम्बर १ , २ , ३१ र ३२ को मतगणना भइरहेको छ ।

Advertisement

एकै पटक चार वटा वडाको शुरु मतगणनामा निर्वाचन कार्यालयका तर्फबाट ६÷६ जना गरि २४ जना खटिएका छन् । यस्तै उम्मेदवारका तर्फबाट एक एक जना मात्र प्रतिनिधीलाइ मतगणनामा बस्न दिइएको छ ।

Advertisement

शुक्रबार भएको मतदानमा वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको हो । यो जम्मा मतदाताको ७५.२४ प्रतिशत हो ।

शुक्रबार भएको मतदानमा सबैभन्दा बढी मतदाता रहेको महानगरपालिकाको वडा नम्बर १६ मा पाँच हजार ६ सय ६५ मत र सबैभन्दा कम मत वडा नम्बर ७ मा १ हजार ७ सय ५७ मत मात्रै खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *