Categories समाचार समाज

बालेन शाह जित्लान् कि हार्लान् ? खोटाङ्गका दुई युवाले खसी बाजी राखे ।

Advertisement

वीरगन्ज । बालेन शाह जित्लान् कि हार्लान् ? भनेर खोटाङ्ग का दुई युवाले २८ किलोको खसी बाजी राखेका छन ।

सुन्दा आस्चर्य लागला तर यतिबेला समाजिक संजालमा ती युवारुले नेपाली कागजमा गरेको लिखित भाइरल भइरहेको छ।

Advertisement

उक्त नेपाली कागजमा ” खोटाङ जिल्ला दिकेल रुपाकोट मझुवागरी न.पा वडा न ५ बस्ने विजय फूयल र त्यहीँ बस्ने रमेश खड्का वीच स्वतन्त्र उमेदवार वालेन साहले स्थानीय तह निर्वाचन जितेमा अठाइस किलो को खसी दिने र नजिते विजयले अठाइस किलो बराबरको रकम भुक्तानी गर्ने भनी हामी साक्षीमा बस्ने व्यक्तिहरुको रोहवरमा यो कागज लेखि लेखाइ सहि छाप गरि दियौं ।” भनेर लेखिएको छ ।

Advertisement

साथै त्यहीँ बस्ने सुमन बास्तोला,सरोज खतिवडा र दिनेश आचार्यलाई रोहवरमा राखिएको समेत सो कागजमा उल्लेख गरिएको छ।

वालेनले उमेदवारी दिए संगै चर्चामा आएका थिए । मतगणनाको शुरुदेखीनै उनी आफ्नो विपक्षीहरुको तुलनामा अगाडि रहेका छन।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *