वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
हालसम्मको मत परिणाम अनुसार जसपाको मेयरको उम्मेदवार राजेशमान सिंहले ३ हजार ४१५ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीले १ हजार ५३१ मत प्राप्त गर्दै सिंलाई पछ्याइरहेका छन् ।
त्यस्तैगरी राप्रपाका गिरिश गिरीले १०६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसका इम्तियाज आलमले २ हजार ३४० मतका साथ अग्रता कायम गरेका छन् । त्यस्तै लोसपाका पुरुषोत्तमलाल झाले ३७८ मत प्राप्त गरेका छन् । त्यस्तै विना जयसवार कुर्मीले १६१ मत प्राप्त गरेका छन् ।







