पर्सा । वीरगन्ज महानगरको मतगणना स्थलमा कोठा थपी वडा न. ३ र ३० को मतगणना शुरु गरिएको छ।
शुक्रबार भएको स्थानीय निर्वाचनको मतगणना शनिबारदेखि शुरु गरिएको थियो । तर मतगणनामा बढी समय लागिरहेकोले गर्दा दुईवटा कोठा अझै थपी वडा न. ३ र ३० को मतगणना शुरु गरिएको हो ।
चारवटा कोठामा चारवटा वडाको मतगणना भइरहेकोमा आज ( सोमबार ) देखि अझै दुई कोठा थपिएको छ।







