पर्सा । वीरगन्ज महानगरमा जसपाले खाता खोलेको छ । वडा नम्बर ३२ मा जसपा बाट उमेदवारी दिएका रियाज अहमद मिया १०९९ मत ल्याइ निर्वाचित भएका छन ।
यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडाको मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज पहिलो जित जसपाको हाथमा परेको छ।
नेकपा एमाले र कांग्रेसलाई हराउदै वीरगन्ज महानगरमा जसपा पहिलो जित आफ्नो नाम गरेको छ । नेकपा एमाले ९५२ मत र कांग्रेसको ९४७ मत हुदा जसपाका मियाँ १४७ मत बढी ल्याइ विजइ भएका छन् ।







