Categories राजनीति समाचार

छिपहरमाई गाउँपालिकाको मतगणनामा अनियमितता भएको आरोप

Advertisement

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवार नविन कुमार सिंहले मतगणनामा अनियमितता भएको आरोप लगाएका छन् । 

गाउँपालिकाको मतगणना गर्दा करारमा नियुक्ती गरिएका कर्मचारीको संलग्नताले अनियमितता भएको नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सिंहले बताए । 

Advertisement

सोमवार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै सिंहले निवर्तमान गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले नै करारमा नियुक्ती गरेका कम्प्युटर अप्रेटर सञ्जित यादव र पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शम्भु साहले मत गणनामा षड्यन्त्र गरेको आरोप लगाएका छन् । 

Advertisement

मतगणना गर्दा १ हजार ५ सय ९० आएकोमा निर्वाचन आयोगको वैवसाइटमा इन्ट्री गर्दा बढाएर १ हजार ६ सय २० बनाएको सिंहको आरोप छ । करारमा नियुक्ती गरेका कर्मचारीलाई मतगणनामा सहभागी नबनाउन उनले माग गरेका छन् । त्यस्तै छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा मृत्यु भएका र बैदेशिक रोजगारीको क्रममा रहेका व्यक्तिको नाममा पनि मत आफै हालिदिएको सिंहले पत्रकार सम्मेलनमा बताए । 

निर्वाचन आयोगबाट रुजु भएको मतदाता नामावली उपलब्ध गराउनुपर्ने र सो ठाउँमा पुनः निर्वाचन गराउनुपर्ने सिंहको माग छ । 

यस विषयमा गाउँपालिकाका निर्वाचन अधिकृत मुकुन्द निरौलासँग कुरा गरेपनि कुनै पहल नभएकोमा सिंहले आपत्ति जनाएका छन् । 

यता नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार मनोज कुमा गुप्ताले भने हार मानसिकताको उपजस्वरुप विरोध गरेर बिथोल्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोगले नै कर्मचारी नपठाएर यहाँकै कर्मचारीलाई प्रयोग गरेको बताउँदै गुप्ताले मत गणनामा कुनै अनियमितता नभएको दावी गरेका छन् । 

निर्वाचन अधिकृत मुकुन्द निरौलाले आफुसँग मतदान रद्द गर्न र पुनः निर्वाचन गराउन माग गर्दै निवेदन परेको बताए । शुरुमा गणना हुँदा सबैले सहमती भएर हस्ताक्षरसमेत गरीसकेको र पछि लेख्दा खेरी १ सय ६५ हुनुपर्नेमा १ सय ९५ भएको निरौलाले स्विकार गरेका छन् । पछि पुनः जोड्दा गल्ती भएको भेटिएपछि त्यसलाई सच्च्याइसकेको हुँदा पुर्ण रुपमा निष्पक्ष ढंगले गणना भएको निरौलाको जिकिर छ । 

छिपहरमाई गाउँपालिका वडा नम्बर १ का ३ वटा बुथकै मत गणना भइसकेको छ । वडा नम्बर २ को ५ वटा बुथमध्ये ३ वटाको गणना हुँदै गर्दा विवाद उत्पन्न भएर मतगणना रोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *