Categories समाचार हाइलाइट-समाचार

वीरगन्ज : कांग्रेसले पनि खोल्यो खाता

Advertisement

पर्सा । वीरगन्ज महानगरमा चौथो जित नेपाली कांग्रेस ले आफ्नो नाम गरेको छ । वडा नम्बर २ मा नेपाली कांग्रेसबाट उमेदवारी दिएका महमद रियाज मियाँ तेली २५४ मत बढी ल्याइ निर्वाचित भएका छन ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडा (१,२,३१,३२) को मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज चौथो जित नेपाली कांग्रेस ले हाथ पारेको छ। पहिलो जित जसपा र  नेकपा एमालेको थियो ।

Advertisement

नेकपा एमाले र जसपालाई हराउदै वीरगन्ज महानगर २ मा कांग्रेसले जित आफ्नो नाम गरेको छ । जसपा ८६७ र  नेकपा एमाले  ७०७ मत पाउदा नेपाली कांग्रेसले  ११२१ मत ल्याइ वीरगन्ज महानगरमा आफ्नो जितको खाता खोलेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *