पर्सा । वीरगन्ज महानगरमा तेश्रो जित जसपाले आफ्नो नाम गरेको छ । वडा नम्बर ३० मा जसपाबाट उमेदवारी दिएका मनोज कुमार यादव ५५ मत बढी ल्याइ निर्वाचित भएका छन ।
मङगलबार अपरान्ह सवा ४ बजे सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेपाली काँग्रेसका उम्मेदवार अली हुसेन देवानलाइ ५५ मत अन्तरले पछि पार्दै जसपाका यादव वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
यादवले ६ सय ४१ मत पाएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका देवानले ५ सय ८६ मत पाएका छन् ।
यसअघिका वडा अध्यक्ष एंव एमालेका उम्मेदवार अमानत मियाँ भने ५२४ मत प्राप्त गरि तेश्रो स्थानमा रहेका छन् ।
योसंगै जसपाले वीरगन्ज महानगरमा अहिले सम्म ३ वटा वडामा जित हासिल गरिसकेको छ ।







