Categories समाचार

१ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित

Advertisement

वीरगन्ज । पर्सामा नेपाली काँग्रेसका एक जना उम्मेदवार १ मतको झिनो अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

विन्दवासीनी गाँउपालिका वडा नम्बर ३ मा काँग्रेसका उम्मेदवार जयप्रकाश चौरसीया १ मतको झिनो अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ जोलाहालाइ १ मतले हराउदै चौरसीया वडा अध्यक्षमा जितेका हुन् । मुख्य निर्वाचन अधिकृत अरुण कोइरालाका अनुसार , काँग्रेसका चौरसीयाले ११८५ मत पाएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जोलाहाले ११८४ मत पाएका छन् ।

Advertisement

२०७४ सालको निर्वाचनमा पनि काँग्रेसबाटै उम्मेदवार बनेका चौरसीया, तत्कालीन राजपाबाट जितेकी सल्मा खातुनसंग ६७ मतले पराजित हुदै दोश्रो स्थानमा रहेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *