Categories हाइलाइट-समाचार

सुशासन पार्टीबाट नौशाद वडा अध्यक्षमा विजयी

Advertisement

वीरगन्ज । पुर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सा जिल्लाको एक वडामा जित हात पारेको छ ।

पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन् ।
मङगलबार बिहान १० बजे सकिएको उक्त वडाको मतगाणनाको अन्तिम नतीजा अनुसार , उनि ८७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे । पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो ।

Advertisement

जारी मतगणनामा मेयर पदमा सशासन पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन् । पहिलो स्थानमा भने एमालेका उम्मेदवार प्रधुमन चौहानले अग्रता लिइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *