Categories हाइलाइट-समाचार

वीरगन्ज : वडा नं. २९ मा जसपाका धर्मेन्द्र विजयी, चार सदस्य भने एमालेका

Advertisement

पर्सा । वीरगन्ज महानगरको  वडा न २९ मा जसपाका धर्मेन्द्र चौधरी विजयी भएका छन् । वडा नम्बर २९ मा जसपाबाट उमेदवारी दिएका चौधरी ५१ मत बढी ल्याइ विजयी भएका छन ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज (बिहिवार ) बिहानै वीरगन्ज महानगरमा जसपाले वडा न.२९ मा जित हाथ पारेको छ।

Advertisement

नेकपा एमाले  र नेपाली कांग्रेस लाई हराउदै वीरगन्ज महानगर वडा न २९ मा जसपाका चौधरी विजयी भएका हुन । नेकपा एमालेका नविजान अंसारी १०६० मत र नेपाली कांग्रेसका वकिल मियाँ ९९८ मत पाउदा जसपाबाट उमेदवार रहेका चौधरी ११११ मत ल्याइ विजयी भएका हुन ।

Advertisement

जसपाबाट चौधरी निर्वाचित हुदा बाकी चार सदस्य भने नेकपा एमाले पार्टीका जितेका छन।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *